कोरोना अपडेट

नेपालमा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण


नेपालमा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण

नेपालगन्ज : नेपालमा थप ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया १९ हजार ५ सय ४ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै हाल देशभर १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमा होम आइसोलेशनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ९३ जनाको पीसीआर परीक्षण भएको छ ।

देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा हालसम्म १७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।