नेपालगन्ज : कोरोना भाइरस संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी ७० वर्षिय एक महिलाको मृत्यु भएकोछ ।
बिहीबार विहान १०ः३० बजे ती महिलाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनले भने मृतक महिलाको दुबै फोक्सोमा निमोनिया भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएकोछ । योसहित बाँकेमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ पुगेकोछ ।’
भदौ ३ गते विहान १० बजे छातिको समस्याबाट भनाए भएकी महिलाको कोभिड–१९ को संक्रमणको आशंकामा सोही दिन विहान १० बजे स्वाब संकलन गरि भेरी अस्पतालमा पीसिआर जाँच गर्दा भदौ पाँच गते ३ बजे प्राप्त रिपोर्ट पोजेटिभ पाइएको थियो ।
फोकल पर्शन श्रेष्ठले भने मृतक महिलाको स्वास्थ्य अवस्था विग्रदै गएपछि ६ गते राती १० बजे नेपालगन्ज मेडिकल कलेज अस्पताल नेपालगन्जबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगि भेन्टिलेटरमा राखि उपचार गर्दा स्वास्थ्य अवस्था सुधार नआएपछि आज विहान १०ः३० मृत्यु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षिय पुरुषको मृत्यु भएकै भोलीपल्ट थप एक जना संक्रमतिको मृत्यु भएको हो । देशमा कोरोना भाइरस संक्रमित भेटिएको ४ महिना पछि वैशाख १९ गते बाँकेमा पहिलो केस देखिएको थियो । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलाहनपुर्वाका एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो । त्यसलगत्तै बाँकेको नरैनापुरमा कोरोना संक्रमित उच्च भेटिदाँ नरैनापुर कोरोनाको हटस्पट नै बनेको थियो ।
वैशाखदेखि भदौ ११ गतेसम्म बाँकेमा ९२० जना कोरोना संक्रमित रहेका छन् । यसबिच बाँकेमा ६ जनाको मृत्यु भइसकेकोछ । एक दिनको अन्तरालमा नेपालगन्जमा एक महिला र एक पुरुषको मृत्यु भएको हो । यसअघि बाँकेमै पहिलोपटक नरैनापुर गाउँपालिकाका एक युवकको मृत्यु भएको थियो । त्यसपछि बाँके बैजनाथ गाउँपालिकाको एक महिलाको मृत्यु भएको थियो । त्यसको केही समयपछि कोहलपुर नगरपालिकाकी एक महिलाको मृत्यु भएको थियो । त्यसपछि लगातार बाँकेको नेपालगन्जमा तीन जनाले ज्यान गुमाइसकेकाछन् ।
यसअघि भदौ १ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को ६२ वर्षिय एक बृद्ध (पुरुष)को मृत्यु भएको थियो । त्यसको ९ दिन पछि हिजो भदौ १० गते पुनः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षिय एक पुरुषको मृत्यु भयो । र, आज बिहीबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ की ७० वर्षिय महिलाको मृत्यु भयो ।
पछिल्लो पटक हिजो बुधबार बाँकेमै पहिलो पटक एकै दिन ७३ जना कोरोना संक्रमित भेटिएका थिए । जसमा ५१ जना बाँकेको कोहलपुरका रहेको कोराना फोकल पर्शन श्रेष्ठले बताए ।
बाँकेमा हालसम्म संक्रमित भेटिएका जसमध्ये ६८२ जनाले कोरोना जितेर घर फर्किसकेकाछन् । यस्तै २३३ जना विभिन्न आइसोलेसनमा रही स्वास्थ्य लाभ लिरहेकाछन् ।