कोरोना अपडेट

नेपालमा एकैदिन थप ११११ जनामा संक्रमण, संक्रमित संख्या ३५,५२९ पुग्यो


नेपालमा एकैदिन थप ११११ जनामा संक्रमण, संक्रमित संख्या ३५,५२९ पुग्यो

नेपालगन्ज : नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन् । त्यसैगरी हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २ सय १० रहेका छन् । आजसम्म देशभर ९ हजार ४ सय ८८ जना क्वारेन्टिनमा रहेका छन् । जसमध्ये बागमती प्रदेशमा १५ जना र प्रदेश १ मा दुईजना भेन्टिलेटरमा रहेका छन् । नेपालमा हालसम्म १८० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj