कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु


कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका बीच सरकारले लगाएको लकडाउन खोलेसगैं देशमा कोरोना संक्रमित दिनहुँ थपिरहेका छन् भने ठूलो मात्रामा मर्नेको संख्या पनि बढिरहेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसगैं नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।

मृत्यु हुनेमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एकजना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एकजना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एकजना र रुपन्देहीको ६० वर्षीय एकजना गरी आठजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

दिनहुँ ठूलो मात्रामा कोरोना संक्रमणबाट मृत्यु हुन थालेपछि यतिबेला आम सर्वसाधरणमा त्रासको वातावरण बनेकोछ । कोरोना संक्रमणबाट मृत्यु हुनेको आँकडालाई हेर्दा मृत्यु हुने दर शून्य दशमलव ३ प्रतिशत पाइएकोछ ।