नेपालमा कोरोना संक्रमितको संख्या ३६,४५६ पुग्यो


नेपालमा कोरोना संक्रमितको संख्या ३६,४५६ पुग्यो

नेपालगन्ज : नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेकोछ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण थपिएसगै कुल संक्रमित संख्या ३६ हजार ४ सय ५६ पुगेको हो ।

यसअघि हालसम्म सबैभन्दा बढी एक दिनमा बिहीबार एक हजार १११ कोरोना संक्रमित देखिएका थिए । यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार २ सय ४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २ सय २९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ५८ हजार १ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ५ सय ७३ जना र होम आइसोलेसनमा ६ हजार ४ सय ४६ रहेका छन् । आजसम्म देशभर ८ हजार ९ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् । बागमती प्रदेशमा १७ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा तीनजना भेन्टिलेटरमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि गत शनिबार देशभर ११ हजार ५ सय १९ जनाको पीसीआर परीक्षणका क्रममा ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी यस अवधिमा १ सय ३६ जना डिस्चार्ज भएका थिए भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

आईतबार गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८ सय ३८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने २ सय ८१ जना संक्रमणमुक्त भएका थिए । आईतबार कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

सोमबार गरिएको १० हजार २ सय ३४ जनाको पीसीआर परीक्षणका क्रममा ७ सय ४३ जनाको कोरोना पोजेटिभ देखिएको थियो भने १ सय ७५ जना डिस्चार्ज भएका छन् । सोमबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो ।

मंगलबार देशभरका ३९ प्रयोगशालामा भएको ११ हजार ३ सय २७ पीसीआर परीक्षणका क्रममा ८ सय ५५ जनाको पीसीआर पोजेटिभ आएको थियो । मंगलबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको पुष्टि भएको थियो । त्यसैगरी ३ सय १३ जना डिस्चार्ज भएका थिए ।

यस्तै बुधबार १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । बुधबार देशभरका अस्पतालहरुबाट ३ सय ८५ जना डिस्चार्ज भएका थिए । बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । हिजो बिहीबार १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १ सय ११ कोरोना संक्रमित देखिएका छन् ।

यसअवधिमा ५ सय ६९ जनालाई डिस्चार्ज गरिएको छ । बिहीबार कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो । भने आज शुक्रबार थप १२ जनाको मृत्यु भएको छ । यो सगैं कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेकोछ ।