नेपालगन्ज : बाँकेमा थप १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणमा बाँकेका १३ जना सहित १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमित देखिनेमा ९ जना नेपालगन्ज उपमहानगरपालिकाका, बाँकेका ठेगाना नखुलेका ४ जना र रुकुम तथा रुपेन्देहीका एक÷एकजना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ सय स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना सक्रमण भेटिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ५१ वर्षिय एक पुरुष, वडा नम्बर १८ का ४० वर्षिय एक पुरुष, वडा नम्बर १३ का १४ वर्षिय एक बालिका, वडा नम्बर १८ कै ४८ वर्षिय पुरुष, वडा नम्बर १२ का ४८ वर्षिय महिला, वडा नम्बर १२ कै २३ वर्षि महिला, वडा नम्बर ७ की ३५ वर्षिय महिला, वडा नम्बर ८ की ३५ वर्षिय महिलामा कोरोना संक्रमण देखिएकोछ । भने नेपालगन्जकै वडा नखुलेका एक ४५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
यस्तै भेरी अस्पताल नेपालगन्जले सार्वजनिक गरेको रिपोर्टमा बाँकेका ठेगाना नखुलेका २८ वर्षिय एक पुरुष, ३२ वर्षिय एक महिला, ४५ वर्षिय एक महिला र ५३ वर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण भएकोछ ।
यसैगरी खलङ्ग–३, रुकुमकी ३० वर्षिय एक महिला र रुपन्देहीकी २८ वर्षिय एक महिलामा कोरोना संक्रमण भेटिएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगन्जमा हालसम्म ३३ हजार ५ सय ७४ स्वाब परीक्षणका लागि प्राप्त भएकोछ । भने ३३ हजार ३ सय ३१ जनाको परीक्षण गर्दा १ हजार ४ सय ७८ जना संक्रमित भएकाछन् ।