तीन महिलासहित थप १२ को मृत्यु, मृतक संख्या २०७ पुग्यो


तीन महिलासहित थप १२ को मृत्यु, मृतक संख्या २०७ पुग्यो

नेपालगन्ज : नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ७ पुगेको छ ।

देशका ८ जिल्लाका ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया महिला, काठमाडौंकी ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष, भक्तपुरकी ६२ वर्षीया महिला र ८२ वर्षीय एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पाल्पाका ४८ र ३९ वर्षीय पुरुष, सिरहाका, गोरखा र कास्कीका क्रमश ८४, ३८, ५८ तथा ललितपुरका ७२ र ६१ वर्षीया दुई पुरुषको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि शुक्रबार पनि १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०२ पुगेको छ । भने नेपालमा मृत्युदर शून्य दशमलव ५५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।