नेपालगन्ज : नेपालमा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । पछिल्लो २४ घण्टामा ६४२ पुरुष र २४२ महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५ सय ५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४ सय ४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १ सय ४५ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा पीसीआर ११ हजार ५ सय १६ जनाको भएको छ भने क्वारेन्टिनमा हाल देशभर ८ हजार ३५ जना रहेका छन् ।
तीन महिलासहित थप १२ को मृत्यु, मृतक संख्या २०७ पुग्यो
नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ७ पुगेको छ ।
देशका ८ जिल्लाका ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया महिला, काठमाडौंकी ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष, भक्तपुरकी ६२ वर्षीया महिला र ८२ वर्षीय एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पाल्पाका ४८ र ३९ वर्षीय पुरुष, सिरहाका, गोरखा र कास्कीका क्रमश ८४, ३८, ५८ तथा ललितपुरका ७२ र ६१ वर्षीया दुई पुरुषको मृत्यु भएको छ ।
यसअघि शुक्रबार पनि १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०२ पुगेको छ । भने नेपालमा मृत्युदर शून्य दशमलव ५५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।