नेपालगन्जका थप ६ जनामा कोरोना संक्रमण


नेपालगन्जका थप ६ जनामा कोरोना संक्रमण

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका थप ६ जना सहित १८ जनामा कोरोना संक्रमण देखिएकोछ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।

बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार थप भएका कोरोना संक्रमित मध्ये नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ५ जना, वडा नम्बर २ का एकएक जनामा कोरोना संक्रमण देखिएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का १७,२२, ३८ वर्षका महिला, ८८ वर्षका एक पुरुष, ६२ वर्षिय एक पुरुष र वडा नम्बर २ का १२ वर्षिय बालिकामा कोरोना संक्रमण देखिएकोछ ।

यस्तै जानकी गाउँपालिका वडा नम्बर १ का २३ वषिए पुरुष, नरैनापुर गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षिय महिला, लक्ष्मणपुर स्वास्थाय चौकीका २५ वर्षिय महिला र माछापुच्छ«े बैक बाँकेका ३० वर्षिय महिलामा कोरोना पुष्टि भएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरि दाङ तुलसीपुर नगरपालिका वडा नम्बर १३ का ४७ वर्षिय पुरुष, बारबर्दिया नगरपालिका वडा नम्बर ३ का २५ वर्षिय पुरुष र वडा नम्बर ८ का २४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।

भेरी अस्पतालले बेलुका ७ बजे जारी गरेको तथ्यांक अनुसार वडा नम्बर नखुलेका कोहलपुरका ३४ र ६० वर्षिय पुरुष, बर्दिया गुलरिया ५ र ६ का ३७ वर्षिय महिला तथा ३२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोछ । यस्तै बर्दिया बासगढी १ का २८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जारी गरेको रिपोर्टमा उल्लेखछ । योसहित बाँके १२ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म भेरी अस्पताल नेपालगन्जमा ३३ हजार ८ सय ५० स्वाब प्राप्त भएकोछ । यसमध्ये ३३ हजार ८ सय स्वाब परीक्षण हुदाँ १ हजार ४ सय ९६ जना कोरोना पोजेटिभ भेटिएका छ । पछिल्लो २४ घण्टामा ४ सय ६९ स्वाब परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म बाँकेमा ४ जनाको. मृत्यु भइसकेको छ ।