मृत्युअघि दिएको स्वाबको पीसिआर रिर्पोट मृत्युपछि पनि आएन

दुई दिनदेखि शव मेडिकल कलेजमा अलपत्र, अस्पताल भन्छ ल्याबमा फोन उठ्दैन


मृत्युअघि दिएको स्वाबको पीसिआर रिर्पोट मृत्युपछि पनि आएन

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको ल्याबले पीसिआर रिर्पोट नदिदाँ एक जना महिलाको शव अस्पतालमा अलपत्र अवस्थामा रहेका छ ।
स्वाब निकालेर भेरी अस्पतालमा पठाएको तीनदिन वितिसक्दा पनि भेरीको ल्याबले पीसिआर रिर्पोट दिएको छैन ।

कैलाली लम्की निवासी ७१ वर्षिय महिलालाई स्वास फेर्न गाह्रो भएपछि भदौ १२ गते शुक्रबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।

स्वास प्रस्वासमा समस्या भएकी ती महिलालाई निमोनिया देखिएपछि स्वाब निकाली पीसिआर परीक्षणका लागि भेरी अस्पतालको ल्याब पठाइएको नेपालगन्ज मेडिकल कलेल शिक्षण अस्पताल कोहलपुरका प्रशासन अधिकृत सञ्जय पन्तले जानकारी दिए ।

पीसिआर रिपोर्ट नआउँदै उपचारका क्रममा ती महिलाको भदौ १३ गते शनिबार बेलुका मृत्यु हुन पुग्यो । मृत्यु भएको दुई दिन वितिसक्दा पनि पीसिआर रिपोर्ट आउन सकेको छैन ।

Kanti Aarogya Hospital Nepalgunj

पीसिआर रिर्पोट नआउँदा परिवारलाई मेडिकल कलेजले शव दिएको छैन । मृतक महिलाकी छोरा कालुराम चौधरीले आमाको शव लैजान खोज्दा पीसिआर रिर्पोट आएको छैन भन्दै अस्पतालले शव नदिएको दुखेसो पोखे ।

उनले सेतोखरीसगंको भेटमा भने–‘आमाको उपचार गर्दा नै स्वाब परीक्षण गर्न दिएको हो । आमाको निधन भइसक्यो । न पीसिआर रिर्पोट आउँछ न आमाको शव लैजान पाएका छौं ।’ कालुरामले आमाको मृत्यु नहुदै पीसिआर रिपोर्ट आएको भए ज्यान जोगिन सक्ने बताए ।

‘उपचारकै क्रममा पीसिआर रिर्पोट आएको भए । पोजेटिभ भए अस्पतालले त्यसैअनुसार उपचार गथ्र्यो होला । नेगेटिभ आएको भए त्यसै अनुसार उपचार गथ्र्यो होला ।’ कालुरामले अगाडी भने–‘यहाँ त पीसिआर रिर्पोट नआएकाले स्वास्थयकर्मी नै उपचारमा अलमलमा पर्ने रहेछन् । आमाको मृत्यु नहुदै दिएको स्वाब मृत्यु भइसके पनि आइपुगेको छैन । कस्तो स्वाब परीक्षण हो ? रिर्पोट नआउँदा शव समेत घर लग्न पाएका छैनौ ।’