नेपालगन्ज : बाँकेमा पछिल्लो पटक १९ महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्जका अनुसार आईतबार मध्यान्हसम्म १९ महिने एक शिशुसहित १२ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० ठेगाना भएका ती शिशुमा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणका क्रममा १९ महिने शिशुमा कोरोनदेखिएका बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
यस्तै भेरी अस्पताल नेपालगन्जद्वारा आईतबार जारी कोरोना रिपोर्ट अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का ५८ वर्षिय पुरुष, वडा नम्बर ६ का ४२ वर्षिय पुरुष, वडा नम्बर १२ का २४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी नेपाल टेलिकमका थप दुई जनामा कोरोना पुष्टि भएकोछ । संक्रमित हुनेमा नेपाल टेलिकमका ४७ र ४८ वर्षका पुरुष रहेका छन् ।
त्यसैगरि नविल बैंक ३६ वषिर्य पुरुष र जानकी गाउँपालिका वडा नम्बर २ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ।
उता बर्दियाको मधुवन–७ का ३७ वर्षिय एक पुरुष र बासगढी नगरपालिका बर्दियाका ३७ वर्षिय पुरुषमा कोरोना देखिएकोछ । त्यसैगरी काभ्रेको बनेपा– ५ बस्ने ४१ वर्षिय पुरुष तथा मोहत्तरीको बथाना २ बस्ने उमेर नखुेलेका एक पुरुषमा कोरोना संक्रमण् देखिएकोछ ।
हालसम्म भेरी अस्पताल नेपालगन्जमा ३४ हजार ३ सय ९० स्वाब संकलन गरिएकोछ । जसमध्ये ३४ हजार २ सय ९० परीक्षण भइसकेकोछ । परीक्षण भइसकेका मध्ये आईतबार मध्यान्हसम्म १ हजार ५ सय ८ जनामा कोरोना संक्रमण देखिएकोछ ।
पछिल्लो २४ घण्टामा ४ सय ९० स्वाब परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म बाँकेमा ६ जनाको मृत्यु भइसकेकोछ ।