नेपालगन्ज : नेपालमा थप १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न जिल्लाका चार महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आईतबार नियमित प्रेस व्रिफिङ्गका क्रममा बोल्दै पछिल्लो २४ घण्टामा मृत्यु भएका ब्यक्तिको तथ्यांक हालसम्मकै उच्च रहेको बताए ।
उनका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७२ वर्षीया, बाराका ४७ वर्षीया, सुनसरीका ७४ वर्षीया र महोत्तरीका ६२ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय , रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६५ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
डाक्टर गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।