बाँकेमा पहिलोपटक कोरोना संक्रमित पुरुषको प्लाज्मा थेरापीबाट उपचार शुरु


बाँकेमा पहिलोपटक कोरोना संक्रमित पुरुषको प्लाज्मा थेरापीबाट उपचार शुरु

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार प्रक्रिया सुरु गरिको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले तय गरेको मापदण्डअनुसार बाँकेमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट उपचार प्रक्रिया अघि बढेको हो ।

कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्नका लागि नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवम वडा नम्बर–१ का वडाअध्यक्ष प्रमोद रिजालले सोमबार विहान प्लाज्मा दान गरेका थिए ।

केही दिनअघिमात्र कोरोना भाइरस संक्रमणबाट मुक्त भएका रिजालले सल्यान शारदा नगररपालिका वडा नम्बर– ६ का २९ वर्षीय पुरुषको उपचारका लागि प्लाज्मा दिएका हुन् ।

कोरोना संक्रमित ती २९ बर्षीय पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि तीन दिन अघि भेरी अस्पतालमा भर्ना भएका थिए ।
भेरी अस्पतालको प्रयोगशलामा भएको परीक्षणबाट हिजो आईतबार उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पोजेटिभ भेटिएपछि उनकै आज सोमबारदेखि प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको डाक्टर खगेन्द्रजंग शाहले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा प्लाज्मा थेरापी उपचारका लागि तोकिएका फोकल पर्शन समेत रहेका डाक्टर शाहले संक्रमितलाई प्लाज्मा दिने प्रक्रिया शुरु भएको बताए ।

भेरी अस्पतालमा शरिरबाट सिधै प्लाज्मा तान्ने मेसिन नहुँदा प्लाज्मा दिने व्यक्तिले रगत दान गरेपछि त्यसबाट प्लाज्मा छुट्याइनेछ । उक्त काम भेरी अस्पताल नेपालगन्ज प्राङ्गणमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा मात्र हुने गदर्छ ।

प्लाज्मा थेरापीबाट उपचार गराउने सल्यान शारदा नगरपालिका–६ का २९ वर्षिय पुरुष र प्लाज्मा दान गर्ने नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल बाँके जिल्लामै पहिलो ब्यक्ति हुन् ।