नेपालगन्ज : नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नजिक पुगेकोछ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । योसगैं नेपालमा कोरोना भाइरस संक्रमणको संख्या ३९ हजार ४ सय ६० पुगेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सोमबार देशभर ७ हजार १ सय २१ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २१ हजार ४ सय १० उपचारपछि निको भएका छन् ।
यस्तै प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देभभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।