कोरोनाबाट नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीको मृत्यु


कोरोनाबाट नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीको मृत्यु

नेपालगन्ज : नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका–४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

ती हेल्थ असिस्टेन्टलाई श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा सिन्धुलीमा मृत्यु भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

सिन्धुलीमा मृत्यु भएका उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा जाँच्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

मृतक स्वास्थ्यकर्मीको श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको छ । श्रीमतीको बयोधा अस्पतालमा उपचार भइरहेको छ । मृतक स्वास्थ्यकर्मीको त्यही दिन नै अन्त्येष्टि गरिएको थियो ।