पत्रकार भण्डारीलाई कोरोना पोजेटिभ, ज्वोरो र स्वास प्रस्वासमा समस्या


पत्रकार भण्डारीलाई कोरोना पोजेटिभ, ज्वोरो र स्वास प्रस्वासमा समस्या

नेपालगन्ज : कोरोना र कोरोनाका विरामीको समाचार लेख्दा लेख्दै पत्रकार दामोदर भण्डारी आफैलाई कोरोना पोजेटिभ देखिएको छ । सोमबार विहान देखि उनलाई ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या आएको थियो ।

सद्भाव दैनिकका प्रकाशक, सम्पादक तथा सेतोखरी डटकमका अध्यक्ष तथा सम्पादक भण्डारीलाई सोमबार दिउँसोदेखि एक्कासी बढी च्यापेको थियो । फिजिसियन चिकित्सकलाई देखाउँदा एक्सरेमा छातीमा दाग देखिएपछि ती चिकित्सकले पत्रकार भण्डारीलाई पीसिआर टेस्ट गराउन सल्लाह दिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

पीसिआर रिर्पोट मङ्गलबार विहान आउँदा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

पत्रकार भण्डारीलाई १०२ डिग्रीसम्म ज्वरो आएको छ, भने श्वास प्रश्वासमा समस्या भएको छ । उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ ।