नेपालगन्ज : बाँकेका थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जले सार्वजनिक गरेको रिपोट अनुसार बाँकेका २४ सहित ३३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८१ स्वाब परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना देखिएको हो ।
मङ्गलबार कोरोना संक्रमित देखिनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ३३ र २५ वर्षिय पुरुषमा कोरोना देखिएको छ । भने वडा नम्बर १० कै ४२,३०, ४५ र २१ वर्षिय महिलामा कोरोना पुष्टि भएकोछ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की २३ र ४५ वर्षिय महिलामा कोरोना देखिएकोछ । यस्तै वडा नम्बर १ का ३७ वर्षिय पुरुषमा कोरोना देखिएकोछ ।
जानकी गाउँपालिका वडा नम्बर ३ मा १४ वषिय बालक, खजुरा गाउँपालिका वडा नम्बर ४ का ६० वर्षिय पुरुषमा कोरोना देखिएको छ ।
यस्तै भेरी अस्पताल नेपालगन्जले सार्वजनिक गरको तथ्यांकमा ३३, ३०, ४६, २६, ३६, २४ र ३७ वर्षि दुई पुरुषमा कोरोना देखिएको छ । यस्तै एक जना उमेर नखुलेका पुरुषमा कोरोना देखिएकोछ । यी सबै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी हुन् ।
त्यस्तै नविल बैकंकका ३६ वर्षिय पुरुष, माछापुच्छ«े बैकका २४ वर्षिय महिला र एनआइसी एसिया बैकका २० वर्षिय महिलामा कोरोना देखिएकोछ । त्यस्तै कर कार्यालय २२ वर्षिय महिलामा कोरोना देखिएकोछ ।
यसैगरी भेरीको रिर्पोट अनुसार गुलरिया –६ बर्दियाका २० वर्षिय पुरुष र १४ वर्षिय बालिकामा कोरोना पुष्टि भएको छ । भने बर्दिया ठाकुरबाबा–३ का ४० वर्षिय पुरुष र बारबर्दिया –९ का २४ र्षिय महिलामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालकै रिर्पोट अनुसार तुलसीपुर –५ दाङकी २८ र ४० र ३९ वर्षिय महिलामा कोरोना देखिएको छ भने सोही वडाका३४ वर्षिय पुरुषमा कोरोना पोजेटिभ पाइएकोछ । यस्तै घोराही–१ दाङका ४२ वर्षिय महिलामा कोरोना पोजेटिभ पाइएकोछ ।
हालसम्म ३५ हजार २ सय ६६ स्वाब परीक्षणका लागि संकलन भएको छ । जसमध्ये ३५ हजार २ सय नमुना परीक्षण भइसकेको छ । हालसम्म बाँकेका ६ जनाको मृत्यु भइसकेकोछ ।