४ वर्षिय बालिका सहित थप ११ जनाको मृत्यु, मृतकको कुल संख्या २३९ पुग्यो


४ वर्षिय बालिका सहित थप ११ जनाको मृत्यु, मृतकको कुल संख्या २३९ पुग्यो

नेपालगन्ज : देशभर मङगलबार कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुमा महोत्तरीकी ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणकै बीच पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले महिला ३ सय ४४ र पुरुष ७ सय २५ गरी १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५ सय २९ पुगेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७ सय ६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १ सय ७८ रहेको छ ।

देशभर ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २२ हजार १ सय ७८ उपचारपछि निको भएका छन् ।