स्वास्थ्य क्षेत्रको सुधारका लागी एक्यबद्धता


स्वास्थ्य क्षेत्रको सुधारका लागी एक्यबद्धता

नेपालगन्ज : बाँकेमा कोरोना भाइरस संक्रमणको दर बढिरहदाँ यहाँको स्वास्थ्य क्षेत्र सुधारका लागि सम्बद्ध सरोकारवालाले चासो दिएकाछन् ।
उनीहरुले बाँके जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारका लागी एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन चुनौति थपिनेक्रम बढेकाले यसतर्फ सबैले चासो दिनुपर्नेमा जोड दिइएको थियो । विकासका लागी नागरिक सरोकार समिति बाँकेले आयोजना गरेको जिल्लाको स्वास्थ्य क्षेत्रमा सुधार आम नागरिकको सरोकार विषयक संवाद कार्यक्रममा बोल्ने अधिकाशले पश्चिम क्षेत्रको सबैभन्दा ठुलो र रेफरल अस्पताल भेरीलाई सुविधा सम्पन्न बनाउन सहयोग सहित पहल गर्ने बताएका थिए ।

हाल कोरोना संक्रमितको लागी बनाइएको ५५ बेडले आगामि दिनमा नपुग्ने देखिएकाले तत्काल बढाउन आवश्यक रहेको हुँदा सरोकारवालाहरुले पहल गरि सहयोग गर्न कोभिड अस्पताल व्यवस्थापनको जिम्मेवारी पाउनुभएका डाक्टर श्याम सुन्दर यादवले आग्रह गरेका थिए । १ हजार बेड सहितको सेवा दिने उदेश्यले भौतिक संरचना निर्माण गर्न तर्फ सबैको सहयोग अपरिहार्य रहेको डाक्टर यादवले बताए ।

कोरोना भाइरसको संक्रमण बढ्दै जादा भेरीलाई ५ सय बेड सम्मको लागी भएपनि तत्काल काम गर्न आवश्यक रहेको र सोहिअनुरुप सहयोग गर्न प्रतिबद्ध रहेको सहभागिले बताएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

संवाद कार्यक्रममा बाँके जिल्ला बाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सभा सदस्य, नेपालगन्ज उपमहानगरपालिकाका मेयर, विभिन्न राजनितिक दलका प्रतिनिधि, भेरी अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, नेपालगन्ज उद्योग बाणिज्य सघका अध्यक्ष, भेरी अस्पतालका मेसु, च्याम्बर अफ कर्मसका पदाधिकारी, स्वास्थ्यकर्मी, विभिन्न सस्थाका प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । संबाद कार्यक्रम विकासका लागी नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो । संयोजक श्रेष्ठलाई केहिदिन अघि कोरोना संक्रमण भएर आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरेर फर्केका हुन ।