नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेका तीन प्रहरी सहित ९ जनामा कोरोना पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसआर जाँचका क्रममा यी ब्यक्तीमा कोरोना देखिएको हो ।
पछिल्लो २४ घण्टामा १ सय १८ स्वाब परीक्षण गर्दा बाँकेका तीन प्रहरी सहित ७ जनामा कोरोना देखिएकोछ । भने २ जना बर्दिया र जाजरकोटका रहेकाछन् । यी सबैलाई जोड्दा ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको भेरी अस्पताल नेपलागन्जको प्रयोगशालाले जनाएकोछ ।
आज संक्रमित देखिनेमा जिल्ला प्रहरी कार्यालय बाँकेका ३ जना प्रहरी, नेपालगन्ज उपमहानगरपालिका ३ जना र एक जना खजुरा ब्यक्तिमा कोरोना देखिएको छ । यस्तै बाँसगढी बर्दिया र खलङ्गा जाजरकोटका एक÷एक जनामा कोरनाृे संक्रमण देखिएको छ ।
बाँकेमा कोरोना संक्रमण देखिनेमा जिल्ला प्रहरी कार्यालय बाँकेका ३९ वर्षिय दुई जना र २० वर्षिय एक जना पुरुष प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ का ३४ वर्षिय पुरुष, वडा नम्बर १० का २० वर्षिय महिला र वडा नम्बर ११ का २४ वर्षिय पुरुषमा कोरोना देखिएकोछ ।
यसैगरी बाँकेको खजुरा गाउँपालिका वडा नम्बर– ३ की ३५ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाद्वारा जारी रिर्पोटमा उल्लेखछ ।
यस्तै बाँसगढी–२ बर्दियाका ३६ वर्षिय महिला र खलङ्ग–६ जाजरकोटकी २५ वर्षिय युवतीमा कोरोना देखिएकोछ ।
हालसम्म भेरी अस्पताल नेपालगन्जमा ३५ हजार ४ सय ८४ नमुना जाँचका लागि आएकोमा ३५ हजार ३ सय ८४ जाँच भइसकेकोछ । जसमा १ हजार ६ सय ८ जना संक्रमित भेटिएकाछन् । भने बाँकेमा ६ जनाको मृत्यु भइसकेकोछ ।