देशभर कोरोनाबाट मर्नेको संख्या २५१ पुग्यो


देशभर कोरोनाबाट मर्नेको संख्या २५१ पुग्यो

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका बीच नेपालमा मृत्यु हुनेको संख्या २५१ पुगेकोछ । देशभर पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ सय ५१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् । मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया महिला, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया, कपिलवस्तुका ६० वर्षीया महिलाहरु रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङ्गमा बोल्दै बितेको २४ घण्टामा देशभर ३ सय २० महिला र ८ सय पुरुष गरी १ हजार १ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।