नेपालगन्ज : नेपाल र भारतीय प्रहरीको खोजीको सूचीमा रहेका नेपालगन्जका एक पुरुष कोरोना लिएर सुटुक्क अस्पताल छिरेका छन् । कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजको कोभिड वार्डमा मंगलबार राती साढे १ बजे ती पुरुष खोक्दै भित्र छिरेका हुन् ।
नेपालगन्ज वडा नम्बर-१८ निवासी व्यापारी दुर्गा कार्की एक महिना देखि घरबाटै निस्केर बेपत्ता भएका थिए । हप्ता दिनसम्म पनि निसोपत्तो नभएपछि परिवारले जिल्ला प्रहरी कार्यालय बाँके र भारतीय प्रहरीमा खोजीका लागि निवेदन दर्ता गराएका थिए ।
नेपाल प्रहरी र भारतीय प्रहरी व्यापारी कार्कीको खोजीमा लागिरहेको थियो । नेपालगन्ज जमुनहामा रहेको सिसि क्यामेरामा चेक गर्दा बस्नेत भारत प्रवेश गरेको भिडियोमा देखिएको थियो । तर, उनी कहाँ गए ? र कहाँ थिए ? कसैलाई थाहा भएन । उनको परिवारले भारतका संभावित सबै ठाउँमा खोजि गर्यो कहिंपनि पत्ता लागेन ।
त्यसपछि परिवारले दुर्गा कार्कीको फोटो र विवरण राखेर कसैले भेटाएमा खबर गरिदिन भन्दै सम्पर्क नम्बर सहित फेसबुक लगाएत सामाजिक संजालमा भाइरल बनायो । तर पनि परिवार र नेपाल भारत प्रहरीले फेला पार्न सकेन ।
कोरोनाको महामारी चलिरहेका बेला भारतमा कहाँ गए त भनि आफन्त साथीभाई सबैले अचम्मित परे र अनेक अटकलवाजी काटीरहेका थिए । त्यसै विच एक महिनादेखि हराएका भनिएका ती दुर्गा बहादुर कार्की यहि भदौ १६ गते मंगलबार राती साढे १ बजे कोहलपुर मेडिकल कलेजको कोभिड वार्डमा एक्कासी छिरे ।
खोक्दै र दुई हातले छाती समात्दै आएका कार्कीलाई देखेर एकछिन् त चिकित्सक नर्स सबै डराए । प्रवेश गर्दा उनी एकदमै गम्भिर अवस्थामा थिए । हत्तपत्त बस्नेतलाई बेडमा सुताएर स्वास्थ्यकर्मीले अक्सिजन लगाए ।
उनका बारेमा मेडिकल कलेजले घरमा खबर गर्दा शुरुमा त घरका कोही पनि सम्पर्कमा आउन नचाहेको मेडिकल कलेजले जनाएको छ । बुधवार दिउँसो कार्कीका पत्नी आइ कोरोना लागेका आफ्ना पतिको सँगै बसेर स्याहारसुसार गरिरहेको अस्पतालले जनाएको छ ।