नेपालगन्ज : सेतोखरी डटकम र यस सद्भाव दैनिकका प्रकाशक, सम्पादक दामोदर भण्डारीलाई निमोनिया देखिएको छ ।
मंगलबार विहान पत्रकार भण्डारीलाई कोरोना पोजेटिभ देखिए लगत्तै उनलाई कोहलपुर स्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
पत्रकार भण्डारीलाई फोक्सोमा निमोनिया भएको मेडिकल कलेजका चिकित्सकले बताएका छन् ।
चिकित्सकले नआत्तिन आग्रह गर्दै सुधार आउन केही दिन लाग्ने बताए । उनलाई श्वासप्रश्वासमा समस्या अहिलेपनि जारी छ । ज्वरोमा भने सुधार आएको छ ।
पत्रकार भण्डारीलाई सोमबार विहान देखि ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या आएपछि पीसिआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको थियो ।