पलाज्मा उपचार पाएका कोरोना पोजेटिभ तंग्रीए


पलाज्मा उपचार पाएका कोरोना पोजेटिभ तंग्रीए

नेपालगन्ज : भेरी अस्पतालका आइसोलेसनमा उपचाररत सल्यान शारदा नगरपालिका–६ का २९ वर्षीय कोरोना संक्रमित पुरुषको स्वास्थ्य अवस्थामा सुधार आएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत पाचौं दिनमा ती युवाको स्वास्थ्यमा सुधार आएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि गत शुक्रबार उनी भेरी अस्पताल नेपालगन्ज भर्ना भएका थिए । आईतवार स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पोजेटिभ पाइएका ती विरामीलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । जसका लागि नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवम वडा अध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिएका थिए । रिजाल कोरोना पोजेटिभ हुन् । उनी अहिले कोरोनालाई जितेर स्वस्थ्य भइसकेकाछन् ।
भेरी अस्पताल नेपालगन्जका प्लाज्मा थेरोपी उपचारका फोकल पर्शन समेत रहेका फिजिसियन डाक्टर शाहले गम्भीर अवस्थामा रहेका ती युवालाई प्लाज्मा दिएपछि स्वास्थ्यमा सन्तोषजनक सुधार आएको बताएका छन् ।

ती संक्रमित युवालाई सोमवार प्लाज्मा दिइएको थियो । ‘उनको स्वास्थ्य अवस्थामा व्यापक सुधार आएको छ’ डाक्टर शाहले अगाडी भने–‘सकेसम्म आजै उनलाई अक्सिजनबाट बाहिर निकाल्ने तयारीमा छौं ।’

Kids Festival 2022
kanti aarogya hospital

भदौ १३ गते कोरोना भाइरस संक्रमण पहिचान भइ भेरी अस्पतालमा उपचाररत २९ बर्षीय पुरुषमा १४ गतेबाट शरीरमा अक्सिजनको मात्रा कमी भइ अधिकतम मात्रामा अक्सिजन दिंदा पनि सुधार नभएको अवस्था थियो । अस्पतालमा कोभिड डेडिकेटेड आइसियु पुर्ण सञ्चालनमा आइ नसकेको र अन्यत्र रिफर गर्न पनि सम्भव नभएकोले आइसोलेसन वार्डमै तत्काल कन्टिन्यूस पोजेटिभ एरवे प्रेसर (सीपीएपी) बाट स्वास प्रश्वास सम्बन्धि व्यवस्थापन गरि गहन रुपमा निगारीनमा राखिएको थियो ।