कोरोना अपडेट

१२२८ संक्रमित थपिदाँ ९१७ जना डिस्चार्ज

कुल संक्रमित संख्या ४२८७७, हालसम्म निको भएका २४२०७, सक्रिय संक्रमित संख्या १८४१३, मृत्यु संख्या २५७


१२२८ संक्रमित थपिदाँ ९१७ जना डिस्चार्ज

नेपालगन्ज : देशभर बिहीबार थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ३९४ महिला र ८३४ पुरुष गरी १ हजार २ सय २८ जना संक्रमित थपिएका छन् ।

योसँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६ सय ७१ र होम आइसोलेशनमा ७ हजार ७ सय ४२ जना रहेका छन् । आज १३ हजार ४ सय १३ जनाको पीसीआर भएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ९ सय १७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २ सय ७ पुगेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।