नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २५७ पुगेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा बोल्दै नेपालमा कोरोना संक्रणबाट मर्नेको संख्या २५७ पुगेको बताए ।
उनले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप ६ जनाको मृत्यु भएको जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उनका अनुसार मृत्यु हुनेमा चितवनका ४० वर्षीया, भक्तपुरका ४० वर्षीया, रुपन्देहीका ७७ वर्षीया, तनहुँका ९२ वर्षीया महिलाहरु रहेका छन् ।
यस्तै सिन्धुपाल्चोक ७७ वर्षीया र रुपन्देहीका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसगैं नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २५७ जनाको मृत्यु भएको छ । यो कुल कोरोना संक्रमितको शून्य दशमालव ६ प्रतिशतको मृत्यु भएको छ ।