File Photo
नेपालगन्ज : बाँकेका २० जनाले कोरोना जितेर घर फर्किएकाछन् । बाँकेका विभिन्न आइसोलेसनमा रहेका उनीहरुले कोरोना भाइरसलाई पराजित गरेर आज घर फर्किएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
यसरी आज डिस्चार्ज हुनेमा नेपालगन्ज मेडिकल कलेजका ६ जना र भेरी अस्पातलका दुई जना गरि ८ स्वास्थ्यकर्मीसहित २० जना डिस्चार्ज भएका हुन् ।
यसरी आज कोरोना जितेर घर फर्किनेमा ५ महिला र १५ पुरुष रहेकाछन् जसमा केही एकै घरका छन् । कोरोना संक्रमित भएपछि उनीहरु गत भदौ ५ गते बाँकेका विभिन्न आइसोलेसनमा रही स्वास्थ्य लाभ लिएका थिए ।
आज डिस्चार्ज भएकासगैं बाँकेका कोरोना जित्नेको संख्या ८ सय ३ पुगेकोछ । भने बिहीबार बेलुकासम्म बाँकेमा १ हजार १ सय ३९ जना संक्रमित रहेका छन् । भने हालसम्म बाँकेमा ६ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेकाछन् । भने जिल्लामै सबैभन्दा बढि नेपालगन्जमा ३ जनाको मृत्यु भइसकेकोछ । हाल बाँके जिल्लामा ३ सय ३६ सक्रिय संक्रमित उपचाररत रहेकाछन् ।