नेपालगन्ज : नेपालगन्जका थप २१ जनासहित ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । भेरी अस्पताल नेपालगन्जमा भएको पीसिआर जाँचका क्रममा पछिल्लो २४ घण्टामा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ४२१ नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखिएकोछ । योसगैं बाँकेमा कुल कोरोना संक्रमित संख्या १ हजार १ सय ७५ पुगेकोछ । जसमा नेपालगन्ज उपमहानगरपालिकाका २१ जना, जिल्ला प्रहरी कार्यालय बाँकेका ४ जना, डुडुवा गाउँपालिकाका ५ जना, राष्ट्रिय बाणिज्य बैंकका ५ जना, बर्दियाका ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका २ जना गरि ४३ जनामा कोरोना देखिएको हो ।
संक्रमित देखिनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की ४० वर्षिया महिला, वडा नम्बर २० का ६ वर्षिय बालक, वडा नम्बर ९ का ५६ वर्षिय पुरुष, वडा नम्बर २२ का ४५ वर्षिय महिला, वडा नम्बर ३ का ३१ वर्षिय पुरुष, वडा नम्बर ९ २८ वर्षिय पुरुष, वडा नम्बर ९ कै ४७, १४ र ३६ वर्षिय महिलामा कोरोना देखिएको छ ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –२ का४७ वर्षिय पुरुष, वडा नम्बर १ का उमेर नखुलेका एक पुरुष, वडा नम्बर २२ का १८ वर्षिय बालक, वडा नम्बर ९ का १३ वर्षिय बालिका र ४८ वर्षिय महिलामा कोरोना देखिएकोछ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का २३ वर्षिय पुरुष, वडा नम्बर १० का ३९ वर्षिय पुरुष, वडा नम्बर ९ का २१ वर्षिय पुरुष र वडा नम्बर ४ का २९ वर्षिय पुरुषमा कोरोना देखिएको छ ।
भेरी अस्पताल नेपालगन्जले शुक्रबार सार्वजनिक गरेको रिर्पोटमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ की ४७ वर्षिय महिला, वडा नम्बर १० की ३२ वर्षिय महिला र वडा नखुलेको नेपालगन्जका ४४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।
यसैगरी राष्ट्रिय बाणिज्य बैंकका २८ वर्षिय महिला, ४५ वर्षिय पुरुष,२३ वर्षिय महिला, ४७ वर्षिय पुरुष र उमेर नखुेलको एक पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।
शुक्रबार नै सार्वजनिक उक्त रिर्पोटमा जिल्ला प्रहरी कार्यालय बाँकेका २३, २५,३४ र ४३ वर्षिय पुरुष प्रहरीमा कोरनो संक्रमण पुष्टि भएकोछ ।
यस्तै बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–५ का १९ वर्षिय एक युवा र ११ वर्षिय एक बालिकामा कोरोना पुष्टि भएकोछ । यसैगरी डुडुवा गाउँपालिका ५ कै ६० वर्षिय महिला, ११ वर्षिय पुरुष र २८ वर्षिय महिलामा कोरोना देखिएकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गत २४ घण्टामा पहिचान भएका कोरोना भाइरस संक्रमितहरु मध्ये बर्दिया जिल्ला बारबर्दिया वडा नम्बर ३ का २४ वर्षिय एक महिलासहित २५, २६,२८,३० र ३२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी बाँकेको कोहलपुरस्थि नेपालगन्ज मेडिक कलेज शिक्षण अस्पताल कोहलपुरका २ जनामा कोरोना पुष्टि भएकोछ । २१ वर्षिय एक महिला र ४२ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालमा हालसम्म ३६ हजार ३ सय ८ नमुना जाँचका लागि प्राप्त भएकोमा ३६ हाजर २ सय ८ नमुना जाँच भइसक्दा १ हजार ६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ । हालसम्म बाँके जिल्लामा ५ जनाको मृत्यु भइसकेको छ भने मृतक मध्ये तीन जना नेपालगन्जका हुन् ।