नेपालगन्ज : देशभर कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लाका थप १४ जनाको मृत्यु भएको हो । योसगैं कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष गरि १४ जनाले ज्यान गुमाएकाछन् ।
शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै प्रवक्ता डाक्टर गौतमले मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया एक महिला रहेका छन् ।
त्यसैगरी सप्तरीका ५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।