नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको पीसिआर परीक्षणबाट थप २० जनामा कोरोना संक्रमण देखिएकोछ । योसगैं बाँकेमा १ हजार १ सय ९९ जनमा कोरोना देखिएकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरीएको परीक्षणमा बाँकेका थप २० जनामा कोरोना संक्रमण देखिएकोहो । जसमा १७ जना जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी र ३ जना नेपालगन्जका ब्यक्तिमा कोरोना देखिएको छ ।
यसअघि भेरी अस्पताल प्रयोगशाला र बागेश्वरी ल्याबको पहिलो लटमा सार्वजनिक रिर्पोटमा बाँकेका ३७ जना कोरोना संक्रमण देखिएको थियो । भने दोस्रो लटमा थप २० जना थपिएसगैं बाँकेमा एकैदिन ६० जनामा कोरोना संक्रमण देखिएकोछ ।
शुक्रबार संक्रमित हुनेहरुमा १९ महिला र ४१ पुरुष संक्रमित भएकाछन् । संक्रमित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बाँकेका ३१ र ३३ वर्षिय महिला प्रहरीमा कोरोना देखिएकोछ । भने ४६, २२, ३९, ३४, २३, ३०, २७, २३, २२, २३, ३३, ४७, ३५, २३ र ३५ वर्षिय पुरुष प्रहरीलाई कोरोना संक्रमण भएकोछ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का ४९ वर्षिय पुरुष, वडा नम्बर ६ की २३ वर्षिय महिला तथा वडा नम्बर १० की २२ वर्षिय महिलामा कोरोना देखिएको हो । हालसम्म कुल संक्रमित मध्ये ८ सय ३ जना निको भइसकेकाछन् । भने ३ सय ९० जना उपचाररत रहेकाछन् । यस्तै बाँकेमा ६ जनाको मृत्यु भइसकेकोछ ।