सप्तरी : एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सन्तकुमार जैसवालले जानकारी दिए ।
गत भदौ १३ गते २१ वर्षीया युवतीलाई मुखियालगायत पाँचजना युवकले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटनामा संलग्न दुई पक्राउ गरेको र फरार तीन जनाको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक जैसवालले बताए । -रासस
बाँकेका सांसद खगेन्द्रको फेरि ‘इन्कारी स्पष्टीकरण’, छानबिन झन् जटिल र लामो हुने
डुडुवाले राप्तीमा जबर्जस्ती उत्खनन् गर्न थालेपछि राप्ती सोनारीको विरोध
श्रीमतिको हत्या गरेर आफू रुखमा झुन्डिए उमेश, चार वर्षीय छोरा पनि घाइते
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते
दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’