नेपालगन्ज : नेपालगन्जका ५ जना सहित थप १६ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । पछिल्लो २४ घण्टामा गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९२ वटा स्वाब परीक्षण गर्दा नेपालगन्जका थप ५ सहित १६ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पताल प्रयोगशालाको रिर्पोटमा उल्लेखछ ।
शनिबार संक्रमित हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का २२ वर्षिय महिला, वडा नम्बर ५ का २४ वर्षिय महिला, वडा नम्बर ९ का ४१ वर्षिय पुरुष, वडा नम्बर १० को ३१ वर्षिय पुरुष र वडा नम्बर १८ का ४७ वर्षिय पुरुषमा कोरोना संक्रमण पाइएकोछ ।
यस्तै शनिबार नै जिल्ला प्रहरी कार्यालय बाँकेका थप एक जानामा कोरोना संक्रमण पाइएको छ । संक्रमित हुनेमा ३१ वर्षिय पुरुष प्रहरी रहेकाछन् ।
यस्तै भेरी अस्पताल नेपालगन्जले सार्वजनिक गरेको उक्त रिर्पोटमा बर्दिया राजापुर–८ का ३५ वर्षिय पुरुष, बढैयाताल–५ की १३ वर्षिय बालिका, बाँसगढी–९ की ४६ वर्षिय महिला, गुलरिया– ५ की २७ र २८ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलहपुर का २३ वर्षिय महिला, कोहलपुर नगरपालिका वडा नम्बर २ का २४ वर्षिय महिला र गुलरिया–६ बर्दियाका ७५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै छेडागाउँ नगरपालिका– १२, कालिकोटका ३७ वर्षिय पुरुष र वीरेन्द्र नगर नगरपालिका वडा नम्बर– ११ सुर्खेतका ३७ वर्षिय पुरुष गरि जम्मा १६ जनालाई संक्रमण पुष्टि भएकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा हालसम्म ३६ हजर ५ सय २५ नमुना परीक्षणका लागि आएकोछ । जसमध्ये ३६ हजार ४ सय ५० जनाको परीक्षण भइसकेकोछ । भने १ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।