नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेकोछ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसगैं देशभर ४५ हजार २ सय ७७ संक्रमित पुगेका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३४९ महिला र ६९२ पुरष गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पाइएको बताए ।
यस्तै कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक मध्ये मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना महिला रहेका छन् ।
यसैगरी काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । भने पर्सा, महोत्तरी र रुपन्देहीका १–१ जना पुरुषको पनि पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय ८० पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८ सय ६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ । हालसम्म ७ लाख ५७ हजार बढिको पीसिआर परक्षिण भएको छ ।