कोरोना संक्रमित ९ जनाको मृत्यु, मृतक संख्या २८० पुग्यो


कोरोना संक्रमित ९ जनाको मृत्यु, मृतक संख्या २८० पुग्यो

नेपालगन्ज : कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला यसबाट मर्नेको संख्या पनि दिनहुँ बढेर आएकोछ ।

कोरोना भाइरस संक्रमणका कारण शनिबार बेलुकासम्म देशभर २ सय ८० जनाले ज्यान गुमाइसकेकाछन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएसगैं यो दर उकालो लागेको हो ।

पछिल्लो २४ घण्टामा तीनजना महिलासहित ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शनिवार नियमित प्रेस व्रिफिङका क्रममा बताए ।

उनका अनुसार ज्यान गुमाउनेमा मोरङकी ४३ वर्षकी महिला, नवलपरासीकी ३७ वर्षीया महिला र ५२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षका गरि तीनजना तथा रुपन्देहीका ४० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसगैं नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेकोछ ।