रौतहट : कोभिड– १९ संकट व्यवस्थापन जिल्ला स्तरीय समितिको बैठकले रौतहटमा भदौ मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणले थप मानिसलाई संक्रमित बनाउने जोखिम उच्च रहेको भन्दै भदौ २२ गतेदेखि लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।
गत भदौ १४ गते स्थानीय प्रशासनले जारी गरेको ७ दिने निषेधाज्ञाको अवधि आज बेलुकी सकिँदैछ । यस अवधिमा सार्वजनिक तथा भाडाको गाडी चलाउन निषेध गरिएको छ भने अत्यावश्यक सवारीसाधन चलाउन पाइने छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ १९ गते निषेधाज्ञा बढाउने निर्णय गरेको हो । बढ्दो कोरोना भाइरसको संक्रमणले थप मानिसलाई संक्रमित बनाउने जोखिम उच्च रहेका भन्दै निषेधाज्ञा बढाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवद्वारा जारी सार्वजनिक सूचनामा उल्लेखछ ।
यो अवधिमा अत्यावश्यक तथा खाद्यान्न पसल स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । यस्तै होटेल, रेस्टुरेन्ट जिमखाना, सैलुन, ब्युटीपार्लर, हाटबजार भने खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।

बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल