बढ्दो कोरोना नियन्त्रणका लागि रैतहटमा भदौ मसान्तसम्म निषेधाज्ञा जारी


बढ्दो कोरोना नियन्त्रणका लागि रैतहटमा भदौ मसान्तसम्म निषेधाज्ञा जारी

रौतहट : कोभिड– १९ संकट व्यवस्थापन जिल्ला स्तरीय समितिको बैठकले रौतहटमा भदौ मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणले थप मानिसलाई संक्रमित बनाउने जोखिम उच्च रहेको भन्दै भदौ २२ गतेदेखि लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।

गत भदौ १४ गते स्थानीय प्रशासनले जारी गरेको ७ दिने निषेधाज्ञाको अवधि आज बेलुकी सकिँदैछ । यस अवधिमा सार्वजनिक तथा भाडाको गाडी चलाउन निषेध गरिएको छ भने अत्यावश्यक सवारीसाधन चलाउन पाइने छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ १९ गते निषेधाज्ञा बढाउने निर्णय गरेको हो । बढ्दो कोरोना भाइरसको संक्रमणले थप मानिसलाई संक्रमित बनाउने जोखिम उच्च रहेका भन्दै निषेधाज्ञा बढाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवद्वारा जारी सार्वजनिक सूचनामा उल्लेखछ ।

यो अवधिमा अत्यावश्यक तथा खाद्यान्न पसल स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । यस्तै होटेल, रेस्टुरेन्ट जिमखाना, सैलुन, ब्युटीपार्लर, हाटबजार भने खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add