बाँकेका थप ३८ जनामा कोरोना, संक्रमित संख्या १२४८ पुग्यो


बाँकेका थप ३८ जनामा कोरोना, संक्रमित संख्या १२४८ पुग्यो

File Photo

नेपालगन्ज : बाँकेका ३७ सहित थप ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाँकेका ३७ सहित थप ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको ३१३ स्वाब परीक्षणका क्रममा ३७ महिला ४३ पुरुष गरि ८० जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमित देखिनेमा बाँकेको नेपालगन्ज र कोहलपुरमा थप ३/३ जनामा कोरोना संक्रमण देखिएकोछ ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालालको उक्त रिर्पोटलाई हेर्दा आईतबार बाँकेको जिल्ला प्रहरी कार्यालय र खजुरा गाउँपालिकामा सबैभन्दा बढि कोरोना संक्रमित थपिएकाछन् । बाँकेका ८ महिला र ३० पुरुष गरि ३७ जना संक्रमित हुदाँ बाँकेको कुल कोरोना संक्रमित संख्या १ हजार २ सय ४८ पुगेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका ११ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा खजुरा गाउँपालिकाका २१ जनामा कोरोना पुष्टि भएकोछ ।

यस्तै ठेगाना नखुलेका बाँकेका एक ब्यक्तिमा कोरोना संक्रमण पाइएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाद्वारा जारी पीसिआर परीक्षणको रिर्पोटमा सबै भन्दा बढि बर्दियामा कोरोना संक्रमित भेटिएकाछन् । आईतबार भेटिएको कुल कोरोना संक्रमित ८० मध्ये ३८ जना बर्दियाका रहेकाछन् । जसमा सबैभन्दा बढि बाँसगढी नगरपालिकामा मात्रै ३४ जना संक्रमित थपिएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै बर्दियाको बढैयाताल गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला रिर्पोटमा उल्लेखछ । पछिल्लो पटक एकैदिन सबैभन्दा बढि कोरोना संक्रमित बर्दियामा फेला परेका हुन् ।

यसैगरी काठमाण्डौं, झापा, प्यूठान, बाजुराका एक/एक ब्यक्तिमा कोरोना संक्रमण देखिएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा हालसम्म ३६ हजार ७ सय ६३ स्वाब परीक्षणका लागि आएकोछ भने ३६ हजार ७ सय ६३ जनाको परीक्षण हुदाँ १ हजार ८ सय १४ संक्रमित फेला परेकाछन् । हालसम्म बाँकेमा ६ जनाको मृत्यु भइसकेकोछ भने बर्दियामा एक जनाको मृत्यु भएको छ ।