कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु


कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

नेपालगन्ज : पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन् ।

मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन् । यस्तै काठमाडौंका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj