पीपीइ लगाएर घलेको दाहसंस्कार गरियो


पीपीइ लगाएर घलेको दाहसंस्कार गरियो

नेपाली सेनाको शव ब्यवस्थापन टिमद्वारा कोरोना संक्रमणबाट मृत्यु भएका घलेको दाहसंस्कार गरिदैं । तस्विरः विमल चन्दको फेसबुकबाट साभार

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका जिन्सि शाखामा कार्यरत युवराज विक्रम घलेको दाहसंस्कार गरिएकोछ ।

कोरोना भाइरस संक्रमणबाट संक्रमित घलेको आईतबार बेलुका साढे ८ बजे मृत्यु भएको थियो । उनको मृत्यु पश्चात बाँकेको डुडुवा गाउँपालिका स्थित राप्ती नदीको सिधनीया घाटमा हिन्दू धर्मअनुसार दाहसंस्कार गरिएकोछ ।

जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका ब्यक्तिको धार्मिक संस्कार अनुसार नेपाली सेनाको शव ब्यवस्थापन टिमले दाहसंस्कार गरिएको यो पहिलो घटना हो । कोरोना संक्रमित ब्यक्ति मृत्यु पश्चात नेपाली सेनाले सुरक्षित स्थानमा शव गाड्दै आएको थियो । यद्यपी यसअघि नेपालगन्ज उपमहानगरपालिकाका दुई जना मुस्लिम समुदायका ब्यक्तिको शव मुस्लिम धर्मअनुसार दाहसंस्कार गरिएको थियो ।

उपमहानगरपालिकाका कर्मचारी समेत रहेका घलेको अन्तिम दाहसंस्कारमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाड, नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, बाँकेका प्रहरी प्रमुख ओम बहादुर राना, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष समीर प्रताप सिंह लगायतको उपस्थिति रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj
नेपाली सेनाको शव ब्यवस्थापन टिमद्वारा दाहसंस्कारका लागि घाटसम्म लैजादै गरेको घलेको शव । तस्विरः विमल चन्दको फेसबुकबाट साभार

कोरोनाबाट मृत्यु भएका ५९ वर्षिय घले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९ का बासिन्दा हुन् । उनकोे (हिजो) आईतबार साँझ साढे ८ बजे मृत्यु भएको हो ।

गत भदौ १५ गते दिउँसो ३ बजे कोरोना संक्रमण पुष्टि भएका उनी सेल्फपेड आईशोलेशनमा बस्दै आएका थिए । नेपालगन्ज न्यूरोड स्थित न्यू इन्द्रेणी होटेलको सेल्फपेड आइसोलेसनमा बसेका बेलामा उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत भदौ १८ गते पौने ३ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।

घलेको दाहसंस्कार अघि सलामी दिदै नेपाली सेनाको सव ब्यवस्थापन टिम । तस्विरः विमल चन्दको फेसबुकबाट साभार

ती संक्रमित पुरुषमा ३ वर्ष अघिदेखि मधुमेह र ५ वर्ष अघिदेखि मुटुको रक्त नली बन्द हुने समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । उनको स्वास्थ्यमा सुधार नआएपछि समस्या बढ्दै गएरपछि गयराती मृत्यु भएको हो ।

यीसगैं बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेकोछ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेकाछन् । जसमा नेपालगन्ज उपमहानगरपालिकामै ४ जनाको मृत्यु भइसेकोछ ।

घलेको अन्तिम दाहसंस्कारका लागि राप्ती नदिस्थित घाटमा पुगेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग, बाँके प्रहरी प्रमुख ओमबादहुर राना, उपमहानगरपालिकाका उपमेयर उमा थापामगार लगायत । तस्विरः विमल चन्दको फेसबुकबाट साभार