कोरोना संक्रमित उपचार गर्ने कोरोना विशेष अस्पतालकै चिकित्सक सहित दश जनामा कोरोना पुष्टि

कोरोना पुष्टि भएसगैं विशेष अस्पताल सिल


कोरोना संक्रमित उपचार गर्ने कोरोना विशेष अस्पतालकै चिकित्सक सहित दश जनामा कोरोना पुष्टि

File Photo

नेपालगन्ज : कोरोना संक्रमित उपचारका लागि बनाइएको बाँकेको कोरोना विशेष अस्पताल सिल गरिएको छ । उक्त विशेष अस्पतालका दुई चिकित्सकसहित १० जनामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका दुईजना चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पाइएको छ ।
अस्पतालका प्रमुख विश्वराम पौडेलका अनुसार, दुईजना चिकित्सक, तीनजना प्रशासन शाखाका कर्मचारी, एकजना नर्स र पाँचजना अस्पताल सहयोगीलाई कोरोना भाइरस संक्रमण देखिएको हो । यसअघि अस्पतालका गाडी चालकलाई पनि कोरोना भाइरस संक्रमण देखिसकेको छ ।

अस्पतालमा कार्यरत दुई चिकित्सक सहित दश जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अन्य सबै चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टिन बसेका छन् ।

उनीहरुको पीसीआर परीक्षणको तयारी भइरहेको छ । अस्पतालमा ४२ जना कार्यरत छन् । यद्यपी अस्पतालमा कसरी भाइरस छिर्यो ? भन्नेबारे थाहा हुन सकेको छैन् । विरामीबाटै सर्यो वा अस्पतालकै कर्मचारीबाट सर्यो थाहा हुन नसकेको प्रमुख पौडेलले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रदेश सरकारले क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पताल बनाएपछि अस्पतालले आफ्ना नियमित सेवा रेडियोलोजी भवनबाट दिदै आएको थियो ।