नेपालगन्ज : बाँकेका थप ५ जनामा कोरोना भाईरस संक्रमण देखिएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको स्वाब परीक्षणमा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ३ सय ५० स्वाब परीक्षण गर्दा बाँकेका थप ५ जना सहित १३ जनामा कोरोना संक्रमण पाइएकोछ । संक्रमित हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का २६ वर्षिय महिला र नेपालगन्जकै ठेगाना र उमेर नखुलेका एक पुरुष संक्रमित भएकाछन् ।
यस्तै राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का ३८ वर्षिय पुरुष र वडा नम्बर ३ का २६ वर्षिय महिलामा कोरोना सक्रंमण देखिको छ । त्यसैगरी कोहपुर नगरपालिका वडा नम्बर ११ का ५२ वर्षिय महिलामा कोरोना सक्रमण पाइएकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाले सोमबार सार्वजनिक गरेको रिर्पोट अनुसार सबैभन्दा बढि बर्दियामा कोरोना संक्रमित भेटिएका छन् । बर्दियामा थप ७ जनामा कोरोना संक्रमण पाइएको छ । यद्यपी यसअघि आईतबार बर्दियामा ४० जना कोरोना संक्रमित भेटिएका थिए ।
बर्दिया मधुवन १ का ४८ वर्षिय पुरुष, वडा नम्बर ४ का ६० वर्षिय पुरुष, वडा नम्बर ७ का ४२ वर्षिय महिला, वडा नम्बर १ का २५ वर्षिय पुरुष, वडा नम्बर २ का ३८ र ४० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।
यस्तै सोमबार नै बर्दिया ठाकुरबाबा १ का ४५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ । भने सुर्खेत सिम्ता वडा नम्बर ८ का ३० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जको प्रयोगाशाला रिर्पोटले देखाएकोछ ।
भेरी अस्पताल नेपालगन्जमा सोमबार बेलुकासम्म ३७ हजार ४ सय ६५ वटा नमुना परीक्षणका लागि प्राप्त भएकोमा हालसम्म ३६ हजार ७ सय ६३ जनाको परीक्षण गर्दा १ हजार ८ सय २७ जना संक्रमित भेटिएकाछन् ।
बाँकेमा आईतबार राती थप एक जनाको मृत्यु भएसगैं कुल मृतक संख्या ७ पुगेकोछ । जसमा नेपालगन्ज उपमहानगरपालिकामै ४ जनाको मृत्यु भएकोछ।