कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो


कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो

नेपालगन्ज : नेपालमा हालसम्म कोरोना संक्रमितमध्ये ३ सय जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको हो । यससँगै मृतकको संख्या ३०० पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा ८ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भने गत २४ घण्टामा काठमाडौंमा मात्रै तीन जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

काठमाडौंमा ३७, ९० र ८३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएकोछ । यस्तै मोरङमा ७६, सिरहामा ७८ र ६२, सर्लाहीमा ३५, दोलखामा ६९, मकवानपुरमा ३९, बाँकेमा ५९ वर्षीय पुरुष र कास्कीमा ६३ वर्षीया महिलाको मृत्यु भएको छ ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसअघि आईतबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।