सोमबार ९७९ जना थपिदाँ १७३६ जना डिस्चार्ज
नेपालगन्ज : देशभर पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसगैं देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जना कोरोना संक्रमणमुक्त भएको जानकारी दिए । योसहित नेपालमा हालसम्म ३० हजार ६ सय ७७ उपचारपछि निको भएका छन् ।
यस्तै नेपालमा हालसम्म कोरोना संक्रमितमध्ये ३०० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएसगैं कुल संक्रमित मृत्यु संख्या ३ सय पुगेको हो ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १ सय ९० रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५ सय ६३ जनाको पीसीआर परीक्षण भएको छ ।