नेपालगन्ज : दैलेख भगवतीमाई गाउँपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षिय कोरोना संक्रमित पुरुषको आन्द्राको सफलतापूर्वक शल्यक्रिया गरिएकोछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दैलेखका कोरोना संक्रमित चन्द्रा नेपालीको अन्द्राको आज सफल शल्यक्रिया गरिएको हो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट रेफर भई आएका नेपालीको कोरोना पोजेटिभ नेपाली सोमबार बिहान पौने तीन बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा ल्याइयो थियो ।
कोरोना संक्रमित नेपालीको आन्द्राको पहिलो भागमा अल्सर विग्रेर फुटेकाले तत्काल अप्रसेन गर्नु पर्ने देखिएपछि सबै जाँचहरु गरेर सोमबार बिहान विहान ८ः१५ बाट ९ः१५ सम्म १ घण्टा लगाई शल्यक्रिया गरिएको अस्पतालका सहायक निर्देशक डाक्टर नितेश कुमार कनोडियाद्वारा जारी सूचनामा उल्लेखछ ।
शल्यक्रिाय पश्चात हाल नेपालीको विपि, पल्स सबै समान्य अवस्थामा रहेको र भेन्टिलेटरमा राखी उपचार गरिरहेको अस्पतालले जनाएकोछ ।
कोरोना पोजेटिभ बिरामीको उपचारमा जोखिम उठाई शल्यक्रियामा खटिएका वरिष्ठ चिकित्सकहरु डाक्टर दिग्विजय खडका, डाक्टर अरुण ज्ञवाली, डाक्टर शिशिर खड्का, स्टाफ नर्सहरु दुर्गा पन्त, पार्वती शाही, प्रेम कुमारी बस्नेत र सहयोगी राम गोपाल बाल्मिकी लगायत उपचारमा संलग्न सबैलाई अस्पतालले धन्यवाद दिदै उपचारत बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गरेकोछ ।
बाँकेको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोभिड–१९ को ३ लेभल अस्पताल हो । यसअघि कोरोना संक्रमित ४ गर्भवति महिलाको सफलतापूर्वक शल्यक्रिया गरिसकेकोछ।