नेपालगन्ज : उच्च उदालत तुलसीपुर, नेपालगन्ज ईजलास बाँकेका एक जनासहित थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जको प्रयोगशलामा गरिएको स्वाब परीक्षणमा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाले बितेको २४ घण्टामा ३ सय ५० स्वाब परीक्षण गर्दा बाँकेमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
मङ्गलबार संक्रमित हुनेमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज ईजलासका ५३ वर्षिय पुरुषमा कोरोना देखिएको हो । यसअघि उच्च अदालतमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको थियो ।
यस्तै नेपालगन्ज उपमहानगरपालिकाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । संक्रमित हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का ३३ र ६१ वर्षिय पुरुष तथा वडा नम्बर २ कै ६१ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३४ वर्षिय पुरुष र ३३ वर्षिय महिला, वडा नम्बर १० का ३८ र ४७ वर्षिय महिला, वडा नम्बर ४ का ४६ वर्षका दुई पुरुष, वडा नम्बर ७ का ३३ वर्षिय पुरुष, वडा नम्बर १८ का २१ वर्षिय पुरुष र वडा नम्बर १६ का ८० वर्षिय महिलामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै बाँकेको नरैनापुर गाउँपालिकाका ५९ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।
भेरी अस्पताल नेपलागन्ज प्रयोगशालाको रिर्पोट अनुसार बर्दियाका थप १४ जनामा कोरोना संक्रमण देखिएकोछ । यीमध्ये अधिकाशं बाँसगढीका संक्रमित हुन् ।
बर्दियामा भेटिएका संक्रमितहरुमा बाँसगढी नगरपालिका वडा नम्बर २ का १८ वर्षिय बालिका, २९ वर्षिय पुरुष, वडा नम्बर ८ का २३ वर्षिय युवती, वडा नम्बर ३ का ५२ वर्षिय पुरुष, वडा नम्बर २ का २९ वर्षिय युवती र १५ वर्षिय बालक, वडा नम्बर ३ का २० वर्षिय युवतमा कोरोना संक्रमण देखिएकोछ ।
यसैगरी बाँसगढी नगरपालिका वडा नम्बर ५ का ३५ वर्षिय महिला, वडा नम्बर ३ की २० र २२ वर्षिय युवती तथा ५६ वर्षिय महिलामा कोरोना संक्रमण देखिएकोछ । यस्तै बर्दिया जिल्लाको बारबर्दिया वडा नम्बर १ का ३० वर्षिय युवती, वडा नम्बर ५ २३ वर्षिय पुरुष तथा बढैया ताल गाउँपालिका वडा नम्बर ४ का २६ वर्षिय युवतीमा कोरोना संक्रमण पाइएकोछ ।
भेरी अस्पताल नेपालगन्जको रिर्पोट अनुसार नवलपरासीका २५ वर्षिय पुरुष, मोरङ की ३२ वर्षिय महिला, सिराहाका २५ वर्षिय पुरुष, सुनसरीका २७ र २९ वर्षिय पुरुषमा कोरोना संक्रमण पाइएकोछ ।
भेरी अस्पताल नेपालगन्जमा हालसम्म ३७ हजार ७ सय ६६ स्वाब परीक्षणका लागि प्राप्त भएकोमा ३७ हजार १ सय १३ स्वाब परीक्षण भइसकेकोछ । यी स्वाब परीक्षण गर्दा एक हजार ८ सय ६० जनामा कोरोना पुष्टि भइसकेकोछ ।
मङ्गलबार बाँकेका ५ महिला र ९ पुरुषमा कोरोना संक्रमण देखिएकोछ । योसहित बाँकेमा कुल संक्रमित संख्या १२ सय ७१ पुगेकोछ ।
बाँकेमा मङ्गलबार थप ७ जनाले कोरोना जितेर घर फर्केकाछन् । योसहित बाँकेमा कोरोना जित्नेको संख्या ८ सय ३८ पुगेकोछ । भने जिल्लाका विभिन्न आइसोलेसन तथा अस्पतालमा ४ सय २५ जना उपचाररत रहेकाछन् ।
हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेकोछ । जसमध्ये ५ जना नेपालगन्ज उपमहानगरपालिकाका हुन् ।