नेपालगन्जमा थप एकजान कोरोना संक्रमित महिलाको मृत्यु


नेपालगन्जमा थप एकजान कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्ज :नेपालगन्ज उपमहानगरपालिकाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ निवासी ८० वर्षिय महिलाको मृत्यु भएको हो ।

लामोसमयदेखि मधुमेह र उच्च रक्तचापको समस्यामा रहेकी ती महिलाको पीसिआर जाँचका क्रममा मृत्यु भएको हो । योसगैं बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेकोछ ।

ती महिलाको भदौ २१ गते स्वास्थ्यमा समस्या भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उनलाई कोरोना पोजेटिभ भएको आशंकामा भदौ २२ गते विहान ८ बजे पीसिआर जाँचका लागि स्वाब संकलन गरि भेरी अस्पताल नेपालगन्जमा पठाइएको थियो । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षण पश्चात मङ्गलबार दिउँसो सवा तीन बजे आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ पाइएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

स्वाब संकलन पश्चात उनको स्वास्थ्य अवस्था झन विग्रदै गएको र मङ्गलबार बिहान ७ बजे उनको मृत्यु भएको उनले जानकारी दिए ।
उनमा दुवैतिरको फोक्सोमा निमोनिया भएकोले मृत्यु भएको अस्पताल श्रोतले जनाएको श्रेष्ठले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

मङ्गलबार बाँकेका ५ महिला र ९ पुरुषमा कोरोना संक्रमण देखिएकोछ । योसहित बाँकेमा कुल संक्रमित संख्या १२ सय ७१ पुगेकोछ ।

बाँकेमा मङ्गलबार थप ७ जनाले कोरोना जितेर घर फर्केकाछन् । योसहित बाँकेमा कोरोना जित्नेको संख्या ८ सय ३८ पुगेकोछ । भने जिल्लाका विभिन्न आइसोलेसन तथा अस्पतालमा ४ सय २५ जना उपचाररत रहेकाछन् ।

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेकोछ । जसमध्ये ५ जना नेपालगन्ज उपमहानगरपालिकाका हुन् ।