नेपालगन्जः उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका १२ जना सहित ५८ जनामा कोरोना पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको ७ सय ३७ स्वाब परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि मङ्गलबार उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका एक जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसको भोलीपल्ट अर्थात बुधबार अदालतका थप १२ जनामा कोरोना पुष्टि भएको भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला रिर्पोटले देखाएकोछ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका १२ जना, नेपालगन्ज उपमहानगरपालिकाका १९ जना, कोलहपुर नगरपालिकाका ४ जना, राप्तीसोनारी गाउँपालिकाका ४ जना, खजुरा गाउँपालिकाका ४ जना, बैजनाथ गाउँपालिकाका ३ जना, उदयपुर हेल्थपोष्टका २ जना, मुक्तिनाथ विकास बैंकका एक जना, बर्दियाका ८ जना र एक जना कैलालीका गरि ५८ जनामा कोरोना पुष्टि भएकोछ ।
उक्त रिर्पोट अनुसार उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका २४, २५, २६ वर्षका दुईजना, ३१, ३२ वर्षका दुईजना, ३५, ३७, ३९, ४३ र ५४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।
बाँकेका बुधबार कोरोना देखिनेमा नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर २ का ४३ वर्षिय पुरुष, वडा नम्बर २२ का ३० वर्षिय पुरुष, वडा नम्बर १० का ३० वर्षिय महिला, वडा नम्बर १८का २६ वर्षिय पुरुष, वडा नम्बर १ का १६ वर्षिय बालक, वडा नम्बर ४ का ३६ वर्षिय महिला, वडा नम्बर १० का ४० वर्षिय पुरुष र ३१ वर्षिय महिलामा कोरोना देखिएको छ ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० कै ३५ वर्षिय पुरुष, वडा नम्बर ४ का ३४ वर्षिय महिला, वडा नम्बर १५ का ४५ वर्षिय पुरुष, वडा नम्बर १२ का २८ वर्षिय पुरुष, वडा नम्बर १ का ५० वर्षिय पुरुष, वडा नम्बर २० का २८ वर्षिय पुरुष, वडा नम्बर १० का २२ वर्षिय युवती, वडा नम्बर २० का २८ वर्षिय पुरुष, वडा नम्बर १३ का ५३ वर्षिय महिला, वडा नम्बर ५ का ४१ वर्षिय पुरुष र वडा नम्बर ५ का ३९ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।
यस्तै बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ४२ र ४७ वर्षिय पुरुष, वडा नम्बर १० का ६४ वर्षिय पुरुष र कोहलपुरकै वडा नखुलेका २४ वर्षिय युवतीमा कोरोना देखिएकोछ ।
यसैगरी राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २५ वर्षिय युवा, वडा नम्बर ८ का ३० वर्षिय पुरुष र वडा नम्बर १ का ३२ तथा २८ वर्षिय युवामा कोरोना देखिएकोछ ।
यस्तै खजुरा गाउँपालिका वडा नम्बर १० का ५८ वर्षिय पुरुष, वडा नम्बर ६ का २८ वर्षिय युवती, वडा नम्बर ८ का ३२ र ३० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोछ । भने बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ३१ र ३९ वर्षिय पुरुष र वडा नम्बर ६ का ३३ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पाइएको छ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला रिर्पोट अनुसार उदयपुर हेल्थपोष्टका २४ वर्षिय महिला र १० वर्षिय बालकमा कोरोना संक्रमण पाइएकोछ । त्यसैगरी मुक्तिनाथ विकास बैंकका ४५ वर्षिय पुरुषमा कोरोना संक्रमण पाइएकोछ ।
बुधबार संक्रमित हुनेहरुमा गुलरिया नगरपालिका वडा नम्बर १ का ६० वर्षिय पुरुष, वडा नम्बर ६ का ३५, २२ र ५५ वर्षिय महिला र ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै गुलरिया नगरपालिका वडा नम्बर १२ का २७ वर्षिय युवा, वडा नम्बर ७ का ३२ वर्षिय पुरुष तथा गेरुवा वडा नम्बर ५ का २९ वर्षिय पुरुषमा कोरोना संक्रमण भएकोछ । यस्तै भजनी वडा नम्बर ९ कैलाालीका उमेर नखुेलका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
हालसम्म भेरी अस्पताल नेपलागन्जमा ३८ हजार ६५ स्वाब परीक्षणका लागि प्राप्त भएकोमा ३७ हजार ८ सय ५० स्वाब परीक्षण भएकोछ । जसमध्ये एक हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।