२२ कोरोना संक्रमितको भेन्टिलेटरमा, १६२ जनाको आईसीयूमा उपचार हुँदै, ३१२ जनाको मृत्यु
नेपालगन्ज : देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ । भने देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९ सय १८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ९९ हजार ३ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ७ हजार ९ सय ८८ जना र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४ सय ८० जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर २२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ६२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशका ५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।