सेनाका जवानले प्लाज्मा दान गरे


सेनाका जवानले प्लाज्मा दान गरे

नेपालगन्ज : कोरोना संक्रमित विरामीको उपचारका लागि बाँकेमा रहेका एकजना सेनाले प्लाज्मा दान गरेकाछन् । कोरोनाका गम्भीर बिरामीको प्लाज्मा थेरापीबाट उपचारका लागि सेनाका जवान रामहरी अधिकारीले बुधवार प्लाज्मा दान गरेका हुन् ।

उदयपुरको कटारी स्थायी ठेगाना भएका जवान अधिकारीले रक्तदान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । जवान अधिकारी नेपाली सेनाको पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा कार्यरत छन् ।

उनलाई केही समय पहिला कोरोना पोजेटिभ देखिएको थियो । उनी कोरोना संक्रमण भएपछि १४ दिन आइसोलेशन बसेर थप १४ दिनको समय अबधि पूरा गरिसकेका छन् ।

प्रजिअ कुरुम्बाङले बाँकेका कोरोनाका गम्भीर बिरामीको उपचारकालागि कोरोना संक्रमित भइ निको भएका व्यक्तिको बि पोजिटिभ समुहको रगत अत्यावश्यक भएको भन्दै बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत रक्तदान गर्न आग्रह गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि बाँकेमै पहिलोपटक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दान गरेका थिए ।