नेपालगन्ज : कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणको कार्यमा फ्रण्टलाईनमै रही काम गर्दै आएका नेपालगन्जका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलाई कोरोना पोजेटिभ भएकाछन् ।
भेरी अस्पतालन नेपालगन्जको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणका क्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दलाई आज कोरोना पोजिटिभ देखिएको हो । आफू कोरोना पोजेटिभ भएको थाहा पाएलगत्तै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक सूचना सार्वजनिक गर्दै यसको पुष्टि गरेकाछन् ।
‘बिश्वब्यापी रूपमा फैलिएको कोबिड–१९ महामारीबाट अछुतो रहन सकिन आज आएको स्वाब रिपोर्टमा मलाई पोजेटिभ देखिएकोले म होटेल सिटि प्यालेस आइसोलेसन रहेकोले यस अबधिमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनु भएका सम्पुर्ण साथी भाइ, इस्टमित्रहरुमा जानकारी गराउँदै तपाईंहरु पनि सोशल डिस्टेन्समा बसि पीसिआर टेस्ट गराउनु हुन अनुरोध गर्दछु ।’ स्वास्थ्य शाखा प्रमुख चन्दद्वारा सार्वजनिक स्टाटसमा उल्लेखछ ।
चन्द स्वास्थ्य शाखा प्रमुखको रुपमा कोरोना रोकथाम र नियन्त्रणको अभियानमा नेतृत्वदायी भूमिकामा खटिएका थिए ।
लकडाउन शुरु हुनुभन्दा अघिदेखि नै चन्द कोरोना बिरुद्धको अभियानमा सक्रिय भएर खटिएका थिए । कोरोना भाइरस संक्रमणको माहामारीमा फ्रण्टलाईनमै रहेर काम गर्ने ब्यक्ति पछिल्लो पटक संक्रमित हुदै आएकाछन् ।
बाँकेमा हालसम्म ८ जनाको मृत्यु भइसकेकोछ । जसमा ५ जना नेपालगन्ज उपमहानगरपालिकाका मात्रै हुन् ।