नेपालगन्ज : कोरोना संक्रमणको ग्राफ उकालो लागिरहँदा मृतको संख्यामा बढोत्तरी भएर आएकोछ ।
देशका विभिन्न ठाँउमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।
योसगैं नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।
यसअघि मंगलबार र बुधबार ६/६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको पीसिआर परीक्षण हुदाँ एक हजार २ सय ४६ कोरोना संक्रमित थपिएका छन् । हालसम्म ८ लाख १० हजार बढीको पीसिआर परीक्षण भएको छ ।